चलचित्र निर्जलाको दशैं गीत सार्वजनिक
चलचित्र निर्जलाको गीत सार्वजनिक गरिएको छ । दशैमा प्रदर्शन हुने भनिएको चलचित्र निर्जलाको दशैंसँग सम्वन्धित गीत यसपालीको दशैंमा... सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको दशै गीतमा बाबुल गिरी र सुजता बर्माको स्वर रहेको छ । गीतमा बाबुल गिरीकै शब्द तथा संगीत रहेको छ । गीतमा किशोर खतिवडा र शुभेच्छा थापालगायतका कलाकारहरु फिचर्ड भएका छन् ।
राजु गिरीको निर्देशनमा तयार भएको चलचित्रका निर्माता प्रकाश चन्द्र न्यौपाने हुन् भने कार्यकारी निर्माता शुभेच्छा थापा हुन । चलचित्रमा शुभेच्छा थापाको कथा, रवि कोइरालाको छायाँकन, अशोक खड्काको द्धन्द्ध, कमल राई र क्रान्ति केसीको नृत्य र तारा थापा किम्भेको सम्पादन रहेको छ ।
लभ, कमेडी र एक्सनको समिश्रण भनिएको चलचित्रमा किशोर खतिवडा र शुभेच्छा थापाका अलवा निम शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, अन्जली घिसिङ, राजु गिरी, बालकलाकार सागर गिरी लगायतको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
